प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बाराका किसान हर्षित
आइतबार, २३ माघ २०७३, ०६ : १७
वीरगन्ज - प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् ।
बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस क्षेत्रका सिमरौनगढ नगरपालिका, बचोरबा, भगवानपुर, बेलैनी तथा पेतबारी गाविसको एक हजार हेक्टर क्षेत्रफलमा माछापोखरी खन्ने काम सुरु गरेको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए ।
मत्स्यपालन गर्ने किसानलाई रु १० हजार प्रतिकट्ठाका दरले अनुदान दिइनेछ । त्यस्तै ३० कट्ठा जग्गामा रु तीन लाखको दरले अनुदान दिइन्छ । सोही कार्यक्रमअन्तर्गत प्राकृतिक मल कारखाना, कृषि कलेज स्थापना, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, कस्टम हाइरिङ सेन्टर र जैविक विषादी केन्द्र स्थापना गर्ने लक्ष्य छ ।
नौ सय ५० हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण, ५० हेक्टर क्षेत्रफलमा नर्सरी स्थापना तथा माछाको ह्याचरी स्थापना गर्ने लक्ष्य छ । सरकारले मुलुकका सात प्रदेशमा सात उत्कृष्ट क्षेत्र कार्यक्रम स्थापना गर्ने लक्ष्यअनुरुप बारामा पनि सो कार्यक्रम सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण