‘माओवाद र पहिचानको मुद्दा पाखा लगाएर पार्टी एकता असम्भव’
काठमाडौं । माओवाद र पहिचानको मुद्दा पाखा लगाएर एमालेसँग पार्टी एकता नहुने किराती राष्ट्रिय मुक्ति मोर्चाले निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रनिकट मानिने मोर्चाले गत माघ २० र २१ गते पेरिसडाँडामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै वैचारिक पक्ष ध्यान नदिई प्राविधिक रूपमा मात्रै पार्टी एकता गर्न खोजिए दुर्भाग्यपूर्ण हुने चेतावनी दिएको छ ।
‘माओवाद र पहिचानको मुद्दा राष्ट्रको आवश्यकता हो,’ मोर्चा अध्यक्ष राजन किराती ‘वासु’ ले भने, ‘त्यही मुद्दाले मुलुकमा परिवर्तन सम्भव भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक मुद्दा स्थापित भए । सोही मुद्दा छाडेर पार्टी एकता असम्भव छ ।
माओवाद र पहिचानको मुद्दा पाखा लगाएर पार्टी एकता हुँदैन भन्नुको तात्पर्य एकताबाट भाग्न खोज्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मोर्चा अध्यक्ष किरातीले पार्टी एकताको कामना गर्दै भने, ‘पार्टी एकता वैचारिक र सैद्धान्तिक आधारमा हुन्छ ।’
एमालेले जबज छाड्छौं भन्दा पनि एकताबाट टाढिन खोज्नुको अर्थ के हो ? भनेर सोधिएको सञ्चारकर्मीको अर्को प्रश्नमा किरातीले प्रस्ट्याए, ‘जबज भनेको एमालेको तात्कालिक राजनीतिक कार्यक्रम हो, मार्गनिर्देशक सिद्धान्त होइन । एमालेको मार्गनिर्देशक सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद हो । माओवाद भनेको राजनीतिक कार्यक्रम होइन । मार्गनिर्देशक सिद्धान्त हो । मार्गनिर्देशक सिद्धान्त छाडेर पार्टी एकता सम्भव छैन ।’
पार्टी एकताका लागि माओवादी केन्द्र र एमालेबीच वैचारिक आधार खोज्नेक्रममा रहेको मोर्चा महासचिव अर्जुन किरातीले जानकारी गराए ।
मोर्चाको बैठकको निर्णयअनुसार, १ नम्बर प्रदेशलाई किरातप्रदेश नामकरण गरिनुका साथै सुनसरीको वराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाआसपासमा किरातप्रदेशको राजधानी बनाइनुपर्नेछ ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा आगामी फागुन १८ गते विभिन्न व्यक्तिलाई सम्मान र वृहत् सांस्कृतिक कार्यक्रमसहित जननायक रामप्रसाद राई स्मृति दिवस मनाइने मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण