जलजलालाई विश्वकर्मा समाज यएईको आर्थिक सहयोग
सोमबार, २९ माघ २०७४, १० : ३६
युएई । गत एक महिनादेखि उपचार गराई रहेकी नेपाली तारा सिजन(३ कि चर्चित गायिका जलजला परियारलाई विश्वकर्मा समाज युएईले आर्थिक सहयोग गरेको छ ।
दुबै मिर्गोलाले काम गर्न छोडे पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई राखेकी परियारलाई मिर्गोला प्रत्यारोपणको लागि विश्वकर्मा समाज युएईले १ लाख २२ हजार ३ सय ३९ रूपैया आर्थिक सहयोग गरेको हो।
कलाकार कुलेन्द्र विश्वकर्मा, शान्ती सुनार र बिश्वकर्मा समाज युएईका सदस्य ताराकान्त विक शिक्षण अस्पताल महाराजगंजमा पुगी जलजलाको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
जलजलाकै सहयोगका लागि स्वदेश तथा विदेशबाट धमाधम आर्थिक सहयोग जुट्न थालेको समाचार आए पछि युएईमा जलजलाको सहयोग अभियान गत हप्ता देखि बन्द गरिएको हो ।
दुई साता पहिले बिश्वकर्मा समाज युएईले पिडित जलजलाको सहयोग अभियानमा युएईमा सुरू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण