हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते
शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा बच्चासहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।
हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते हुनुभएको थियो । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमण बढ्दै
झापामा भारतबाट आउने र रैथाने जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ । गत एक महिनामा दुईजनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । यस अवधिमा घाइते हुनेको सङ्ख्या पाँच पुगेको छ ।
यसअघि बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो । झापाका पन्धै्र पालिका जङ्गली हात्तीबाट प्रभावित छन् । हात्तीको आक्रमणमा गत मङ्सिर २५ गते हल्दिबारी गाउँपालिका–४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते हुनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण