बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्दैछ । औपचारिक रुपमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् ।
संविधानको धारा १८३ अनुसार प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
पहिलो बैठकका सम्भावित कार्यसूची
सरकारले प्रदेशसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची समेत तय गरेको छ । प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठीपत्रहरु पेस गरिने छ ।
प्रदेशसभाको पहिलो बैठकमा सरकारको तर्फबाट सदनमा पेस भएका केही अध्यादेश प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढाइने छ ।
प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९, प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गरेको थियो ।
त्यस्तै असोज १२ गते प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, २०७९, असोज ३० गते प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, २०७९, प्रदेश कृषि विकास अध्यादेश, २०७९, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण