बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आजपा अध्यक्ष प्रभु साहलाई पूर्व मन्त्री रामवीर मानन्धरको साथ

मङ्गलबार, १९ पुस २०७९, ११ : १०
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।

लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्व सहमति अनुरुप मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

'हाम्रो पार्टी अध्यक्ष प्रभु साह र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबीच भेटवार्ता भएको हो । उहाँहरु शहरी विकास मन्त्रालयमा हुँदा देखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो यो भेट । उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ ।' यादवले संक्षिप्त जानकारी दिदै भने ।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका मानन्धर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप