फिल्म बनाउँदै गायक यम बराल
मङ्गलबार, १९ पुस २०७९, १२ : ५२

काठमाडौँ । गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘तिमीलाई सम्झिंदा’ नामबाट फिल्म बनाउन लागेका हुन् ।
बरालकै चर्चित गीत ‘बादलुको घुम्टोले’ मा आधारित रहेर यो फिल्म बन्न लागेको हो । उनले झन्डै तीन दशकअघि यो गीत गाएका थिए । गीतको म्युजिक भिडियो समेत बनेको छैन । म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बराल आफै गायकको भूमिकामा देखिनेछन् ।
शिवम् अधिकारीको पटकथा तथा संवाद रहने फिल्मको कलाकार र निर्देशक तय हुन बाँकी रहेको छ । फिल्मको छिट्टै घोषणा गर्ने तयारीमा बराल लागेका छन् ।
बरालले निर्माण गर्न लागेको फिल्म इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा छायांकन गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग पराजित बन्याे नेपाल
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित