बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक
मकवानपुर । बागमती प्रदेशसभाका सभामुखको निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको छ । प्रदेशसभाको गत सोमबारको बैठकले आगामी पुस २९ गतेका लागि सभामुखको निर्वाचन तोकेसँगै प्रदेशसभा सचिवालय हेटौंडाले निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार पुस १८ गते सोमबार दिउँसो बसेको बैठकले पुस २९ गते शुक्रबारका लागि सभामुखको निर्वाचनको मिति तोकेको थियो ।
प्रदेशसभाको उक्त बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रमहरू सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको थियो । प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । सचिव खड्काले प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनीक गरेका छन् ।
जारी सूचना अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ताको कार्यक्रम राखिएको छ । उक्त दिन बागमती प्रदेश सभा सचिवालयको कोठा नम्बर–१२ मा बिहान १०ः३० देखि २ः०० बजेसम्म मनोनयनको कार्यक्रम सञ्चालन हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै पुस २८ गते नै दिउँसो २ः३० बजेदेखि ३ः३० सम्मका लागि मनोनयन फिर्ताको कार्यक्रम रहको छ । सोही दिन दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्यतालिका रहेको छ । पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम रहेको छ ।
सभामुखको निर्वाचनको लागि कुनै एक जना प्रदेश सदस्यले एक/एक जना प्रस्तावक र समर्थकसहित प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण