एक सय वर्षमा पहिलो पटक अमेरिकमा सभामुख निर्वाचित हुन सकेनन्

अमेरिकी संसदमा करिब एक सय वर्षमा पहिलो पटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्यो । रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी मंगलबारसंसदको सभामुखमा निर्वाचित हुन सकेनन्। मंगलबार रातिको बैठक सभामुखबिना नै स्थगित भएको थियो ।
पहिलो चरणको मतदानमा सभामुखको निर्वाचन हुन नसकेको सन् १९२३ पछि पहिलोपटक हो । नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो। तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।
एक रिपब्लिकन लबीस्टले भने, "म्याकार्थीले केही समूहहरूमा साथी बनाएका छैनन्। उनले धेरै शत्रु बनाए। राजनीतिक र व्यक्तिगत कारणले उनलाई धेरैले मन पराउँदैनन् ।’ उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका १९ चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विरुद्धमा उत्रिए ।अमेरिकी संसदमासभामुख पदका लागि लगातार तीन पटक चुनाव भए पनि क्यालिफोर्नियाका सांसद म्याकार्थीले जित्न सकेनन् । अब बुधबार पनि राष्ट्रपति मतदान हुनेछ रसभामुख को निर्णय नभएसम्म मतदान जारी रहनेछ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी