नागढुंगाबाट लागु औषधसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्ज घर भएका ४० वर्षीया सबिना खातुन, २७ वर्षीया सहनाज खातुन र ३३ वर्षका शेष अमिर छन् । पुस १४ मा चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक प्वाइन्टमा बीरगञ्जबाट काठमाडौं आउँदै गरेको न.६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा उनीहरु काठमाडौं आउँदै थिए । नागढुंगा चेक प्वाइन्ट भन्दा ३ सय मिटर पर झरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले जानकारी दिए ।
प्रभाग नागढुंगा र ब्यूरोबाट खटिएको टोलीले आरोपीहरुको साथबाट डायलक्स डिसी १५९ बोत्तल, नाइट्राभेट ४५ सय ट्याब्लेट, नुर्फिन १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र डाइजेपाम १ हजार एम्पुल बरामद गरेको छ । नुर्फिनमा टाँस्ने ४६८ थान स्टिकर पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । आरोपीहरुमाथि प्रहरी वृत थानकोटले म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण