यस्तो छ जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ को ट्रेलर

काठमाडौँ । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर ल्याएको हो ।
ट्रेलर फिल्मको मुख्य पात्र जितु (हरि) र साम्राज्ञी (प्यारी) वरिपरि घुमेको छ । ट्रेलर हेर्दा फिल्म जितुको संघर्ष र विवाह वरिपरि घुमेको अनुमान गर्न सकिन्छ । डा. भोला रिजालको निर्माण र उनकै छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा जितु र साम्राज्ञीको अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई र सरला रिजालको अभिनय छ ।
भोला रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी गरेर ५ भाषामा तयार हुनेछ ।
कार्यक्रममा अभिनेता जितुले अभिनयमा अहिलेसम्म बनेको छवि फिल्मले मेटाउने बताए । उनले फिल्मबाट आफ्नो कलाकारको रूपमा नयाँ छवि बन्ने बताए ।
अभिनेत्री साम्राज्ञीले फिल्मको कथावस्तु मन परेर अभिनय गरेको बताइन् । ‘जितु नेपाल आफ्नो अपोजिटमा रहेको कुरामा सुरुमा म छक्क थिए’ साम्राज्ञीले भनिन् ‘जितुसँग पहिलो फिल्म भएपनि रमाइलो अनुभव भयो ।’ ट्रेलरमा अभिनेत्री रेखा थापाको आइटम गीत समेत समावेश गरिएको छ ।
सोसल–कमेडी जनरामा निर्माण भएको ‘ह्यारी की प्यारी’ को पर्वत र कास्कीमा विभिन्न स्थानमा छायाङ्कन भएको हो । फिल्मले नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेत देखाउन खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’
-
पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी
-
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने