संसद् बैठक
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
मङ्गलबार, ३० वैशाख २०८२, ११ : २६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले असोज ११ र १२ गते अविरल वर्षाले पुर्याएको क्षतिको पुनर्निर्माणमा संघीय सरकारले ध्यान नदिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसदद्वय दोङ र दाहालले बाढीको क्षति पीडित जनतालाई राहत दिन माग गरे ।
विपत् व्यवस्थापन कोषमा ७ अर्ब पैसा भए पनि सरकारले त्यो पैसा बाढी पहिरो पीडित कोशी र रोसी खोला किनारमा भएका जनताका लागि खर्च नगरेको सांसद दाहालले बताए ।
सांसद दोङले जनताको पिडामा मलहम लगाउने काम गर्न सरकारलाई आग्रह गरे । उनले सरकारलाई बाढीबारे जानकारी नभएको हो कि जानकारी भएर पनि जनताको पिडामा मलहम लगाउन नचाहेको हो भन्ने प्रश्न पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण