आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा बालिका मृत्यु प्रकरण : आयोगले टोली पठाउने

सोमबार, २५ पुस २०७९, ०९ : ४२
सोमबार, २५ पुस २०७९

सिरहा । सिरहाको मिर्चैयामा अवस्थित सगरमाथा मा.वि कक्षा-८ मा अध्ययनरत रहेकी एक बालिकालाई महिनावारीले गर्दा पेट दुख्दा एक शिक्षिकाले औषधिसँग स्प्रीट खुवाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति मधेसी आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ |

आयोगका सदस्य जिवछ साहले सो घटना सम्बन्धमा जिल्लाका प्रजिअ सहितका सुरक्षा निकायका प्रमुखसँग टेलिफोन सम्पर्क गरी जानकारी लिँदै छिटो अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन तथा मिर्चैयाको तनावग्रस्त स्थितिलाई शान्त बनाउन निर्देशन दिएका छन् | घटनाको जानकारी भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता संवेदनशील घटनामा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् | सो घटनाको स्थलगत अनुगमनको लागि आयोगले एक टोली समेत पठाउने भएको छ |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप