प्रतिपक्षी बेन्चमा बस्ने समाचार भ्रामक : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही सञ्चार माध्यमले भ्रामक समाचार लेखेर सुनियोजित रूपमा चरित्र हत्या गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद साहले गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए । उनले हालसम्म समर्थन कायम राखेका छन् । तर केही सञ्चार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि सांसद साहले उक्त समाचारको खण्डन गर्दै सार्वजनिक रूपमा माफी माग्न ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष साहले आफ्नो फेसबुकमार्फत उक्त समाचार भ्रमपूर्ण र गौर जिम्मेवार भएको टिप्पणी गरेका छन् । ‘मेरो नाम जोडी संसद्को प्रतिपक्षमा बस्ने भन्ने आएको संसद् सचिवालय र विभिन्न सञ्चार माध्यमको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी मेरो चरित्र हत्याको दुष्प्रयास गर्नु खेदजनक विषय रहेकोले शीघ्र सार्वजनिक रूपमा माफी माग्दै तत्काल स्टेटमेन्ट/समाचारमा सुधार गर्न माग गर्दछु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण