शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल फार्मेसी परिषद्‍ले  २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान

सोमबार, २५ पुस २०७९, १३ : ५६
सोमबार, २५ पुस २०७९

काठमाडाैँ । काठमाडौं–नेपाल फार्मेसी परिषद्ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान गरेको छ । परिषद्ले  सोमबार सूचना जारी गरी आवेदन फारम मंगलबारदेखि माघ १५ गते साँझ ५ बजेसम्म खोलिएको जनाएको छ ।

आवेदवन भर्नका लागि दस्तुर, नागरिताको प्रमाण पत्र, प्रवेशिका देखि हालसम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्धारा प्रमाणित गराई संलग्न गराउन सूचनामा उल्लेख गरिएको छ । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेद्वारा जारी सूचनामा कुनै पनि कागजात प्रमाणीकरण नभएको अवस्थामा त्यस्ता फारमहरूलाई स्वतः रद्द गरिने उल्लेख गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप