यमन ‘माझी किङ’ अवार्डबाट सम्मानित
सोमबार, २५ पुस २०७९, २१ : २४
काठमाडौँ । यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।
छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।
यमनले अवार्ड प्राप्त गरिसकेपछि आफूलाई थप हौसला मिलेको बताए । उनले आफ्नो भाषा,संस्कार र संस्कृति जोगाउन आफैँले केही पाठ्यक्रम बनाइ काठमाडौँ तथा गाउँ बस्तीमा समेत आफ्नो भाषा सिकाएका थिए ।
सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानको निम्ती गीत सङ्गीत,फिल्म डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड-२०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
-
नवीन समझदारी नै अबको निकास
-
निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो: अध्यक्ष सिंह
-
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
-
नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण
-
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले