आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जापान र दक्षिण कोरियासँग चीनको बदला, यात्रुलाई भिसा बन्द

मङ्गलबार, २६ पुस २०७९, २० : ४२
मङ्गलबार, २६ पुस २०७९

बेइजिङ । आफ्ना देशका नागरिकमाथि प्रतिबन्ध लगाइएपछि चीनले पनि जवाफमा दक्षिण कोरिया जापानका यात्रुलाई छोटो समयको भिसा जारी गर्न बन्द गरेको छ । आफ्ना नागरिकमाथि ‘विभेदकारी’ प्रतिबन्ध नहटेसम्म दक्षिण कोरियाका लागि यो नियम लागू हुने चीनले जनाएको हो ।

चीनमा कोभिडको सङ्क्रमण बढेपछि चिनियाँ यात्रुमाथि कडाइ गर्ने राष्ट्रहरूमा जापान र दक्षिण कोरिया मात्र पर्दैनन् । अन्य राष्ट्रहरूले पनि चिनियाँ यात्रुमाथि कडाइ गरे पनि दुई देशको नियम भने अन्यको तुलनामा कडा रहेका छ ।

गत हप्ता दक्षिण कोरियाले चीनबाट आउने यात्रुलाई पर्यटक भिसा जारी गर्नु बन्द गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले यसलाई अस्वीकार र अवैज्ञानिक भनेको छ । यता दक्षिण कोरियाको विदेश मन्त्रालयले भने चीनप्रति आफ्नो नीति विज्ञान र प्रमाणका आधारमा लागू गरेको दाबी गरेको छ ।

उता जापानले चिनियाँ यात्रुहरूलाई प्रवेश गर्न दिए पनि उनीहरुले पीसीआर परीक्षणमा नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्छ । यो नियम अमेरिका र बेलायतले लागू गरे पनि जापानले केही सहरहरूमा चिनियाँ जहाजलाई रोकेको छ ।

सोल र टोकियोमा रहेका चिनियाँ दूतावासले नयाँ नियम लागू गरिएको पुष्टि गरेका छन् । सन् २०२० को मार्च यता आफ्नो शून्य कोभिड नीति खारेज गर्दै चीनले पहिलो पटक आफ्नो सीमा खुला गरेको थियो । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप