इजरायलले अल जजिरा च्यानलमाथि लगायो प्रतिबन्ध
तेल अभिभ । इजरायलले कतारी न्युज च्यानल अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँको मन्त्रिपरिषद्ले आइतबार यस प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
गत महिना इजरायलको संसद्ले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो । इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधीको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन् ।
गाजाबाट रिपोर्टहरू पठाउनेमा अल जजिराका पत्रकार पनि थिए । यसको घोषण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरेका थिए । तर च्यानल कहिलेदेखि बन्द हुने लगायतका जानकारीहरू भने दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण