आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलले अल जजिरा च्यानलमाथि लगायो प्रतिबन्ध

आइतबार, २३ वैशाख २०८१, १७ : ४३
आइतबार, २३ वैशाख २०८१

तेल अभिभ । इजरायलले कतारी न्युज च्यानल अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँको  मन्त्रिपरिषद्ले आइतबार यस प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । 

गत महिना इजरायलको संसद्ले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो । इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधीको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन् । 

गाजाबाट रिपोर्टहरू पठाउनेमा अल जजिराका पत्रकार पनि थिए । यसको घोषण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरेका थिए । तर च्यानल कहिलेदेखि बन्द हुने लगायतका जानकारीहरू भने दिइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप