मध्यावधिमा धकेल्ने प्रयास भइरहेको छ: मुख्यमन्त्री अधिकारी
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्पष्ट हुन मुख्यमन्त्री खगराज अधिकारीले आग्रह गरेका छन् । राप्रपाले निर्णय नलिँदा मध्यावधिको अवस्था आउने अधिकारीले बताए । प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले मध्यावधिमा धकेल्ने प्रयास भइरहेको बताए ।
गण्डकीमा राप्रपाको २ सिट छ । मुख्यमन्त्री अधिकारीसँग ३० सिट छ । एमालेको २२, माओवादीका ७ र एकजना स्वतन्त्र सांसदले समर्थन गरेका छन् । अदालतको आदेशपछि उनी विश्वासको मतमा लागेका हुन् ।
'अदालतको विषयमा धेरै बोल्दिनँ । अदालतलाई दुख नदिने उपाय खोजौं,' उनले भने,'अस्थिरताका कारक सबैले समीक्षा गर्नुपर्छ । एकले अर्कोलाई आरोप लगाएर मात्र हुँदैन ।'
असंवैधानिक हिसाबले सरकारको नेतृत्व गरेको छैन । ५९ जनाको एउटा कुरा छ । सभामुखका कुरा अरू हुन् । काँग्रेसले सभामुखलाई धम्क्याउन नहुने उनको भनाई छ । 'अनिर्णयको बन्दी संसद्लाई बनाउन खोजिएको छ । यो सरकारलाई असंवैधानिक भन्ने कुरा सर्वोच्चले खण्डन गरेको छ । सत्ता छाड्नुपर्दा अदालत जानेप्रति गुनासो छैन,' उनले भने ।
अधिकारीले सर्वोच्चले ३० सिटलाई बहुमत भनेको बताए । '५९ मा ३० सिट बहुमत भनेर सर्वोच्चले व्याख्या गरेको छ । अदालतको फैसला सच्याउने हैन, संविधान नै सच्याऊँ न,' उनले भने । उनले बजेटबारे संकल्प पास गरेर जान प्रस्ताव गरेका छन् ।
'एउटा संकल्प पास गरौँ । बजेटको मुखमा यो अवस्था राम्रो हैन,' उनले भने । अधिकारीले मध्यावधिमा जाने अवस्थाबाट रोक्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण