लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस गर्न एमालेसहितका दलहरु प्रदेश प्रमुखको कार्यालयमा
रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि सत्ता गठबन्धन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न एमालेसहित दलहरू केहीबेरअघि प्रदेश प्रमुखको कार्यलयमा पुगेका हुन् ।
प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण