सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

बिहीबार, २८ पुस २०७९, २० : १९
बिहीबार, २८ पुस २०७९

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको पार्टीबीच एकता हुने भएको हो । 

दुई पार्टीबीच एकतापछि  पार्टीको नाम आम जनता पार्टी रहने आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो ।

प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप