कविता : राज्य निरीह हुँदा
राज्य निरीह हुँदा
भ्रष्टाचार संस्थागत हुन्छ
बजार भाउ आकाशिन्छ
विदेशी हस्तक्षेप बढ्छ
दण्डहीनता मौलाउँछ
आज त्यही भैरहेको छ
त्यस्तै हुँदैछ ।
हत्याका आरोपी बालकृष्ण सरिफ भए
भट्टामा मान्छे डढाउने निर्दोष हुँदैछन्
ड्यूटीमा रहेका सिपाही मार्ने
छानी छानी घरबाट लखेट्नुपर्छ भनी
साम्प्रदायिकता फैलाउनेलाई बचाउन
राज्य झुकेर सम्झौता गर्छ
कति निरीह छ राज्य
गठवन्धन जोगाउन जे पनि गर्ने तयार छन्
स्वतन्त्रता, समानता, लोकतन्त्र
लोकतान्त्रिक राज्यका मूल्य, मान्यता हुन्
तर सत्ता हत्याउने राज्यमा
के को मूल्य, के को मान्यता ?
सबै कुरा बन्धक राख्न तयार छन्
दासताका सामु नतमस्तक भई
त्वमेव माता च पिता त्वमेव
भन्दै गर्दा के को कालापानी
कहाँको लिपुलेक
कहाँ जान्छ कहाँ स्वाधीनता त
राज्यको ढुकुटीमा लडिबुडी खेल्छन्
हाकाहाकी सत्तरी करोड हान्नेहरु
बालुवाटारमा घरघडेरी जोड्नेहरु
कोरोनाको औषधिमा पनि कमिसन लिनेहरु
दूधको पहरा बिरालो हुन्छ
राज्यले जानी जानी छुपाएको
निर्मला पन्तको हत्या प्रकरणमा
गोहीका आँसु जति चुहाए हुन्छ
खबरदार सिपाही
शान्ति, सेवा, सुरक्षाका कुरा गर्यो भने
छातीमा भाला रोपिनेछ
भोलिको राज्यमा त्यसैको सौदा हुनेछ
म राज्य हुँ म माथि कोही हुँदैन
कसैले चुइक्क बोल्यो भने
कसैले केही लेख्यो भने
हेर्दै जानु के हुन्छ
निरङ्कुशको पराकाष्ठा बढ्दैछ
कानुनको राज्य भनिएको राज्यमा
अपराधी अनुकूल कानुन संशोधन हुन्छन्
लोकतन्त्रको उपहास हुँदैछ
खिल्ली उडाइदैछ
चोर कुत्ता मिल गया तो पहरा किसका ?
हुन त संसदीय ब्यवस्थाको
यसै गरी खिल्ली उडाए भने पो
लोकतन्त्र उपहास गर्यो भने पो
तानाशाह मौलाउन पाउँछन्
अतिवादीहरु राज्यको स्थिर संरचनामा
प्रहार गर्छन्
सेना, पुलिस भत्काउँछन्
बैंक, बित्तिय संस्थामा हस्तक्षेप बढ्छ
आर्थिक संकट उत्पन्न हुन्छ
विदेशी हस्तक्षेप खुलेयाम बढ्छ
नवउपनिवेश सुरु हुन्छ
त्यही हुँदैछ
राज्य निरीह हुँदा ।
रशुराम–१२, डडेल्धुरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण