शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गन्धर्व हुँ म

शनिबार, ३० पुस २०७९, ०६ : ५८
शनिबार, ३० पुस २०७९

गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म
लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले

कहिले कथा सफलताको सुनाइहिँड्छु म
कहिले व्यथा दुखियाको गाउँदै हिँड्छु म
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
जीवन बाँच्न ढाडस दिन्छ मेरो सारङ्गीले

कहिले लडाइँ रोग शोकको गीत सुनाउँछु म
कहिले प्रार्थना प्रेमको गीत गाउँदै हिँड्छु म
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
मनको दर्दमा मलम लाउँछ मेरो सारङ्गीले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रचना शर्मा ‘प्रतीक्षा’
रचना शर्मा ‘प्रतीक्षा’
लेखकबाट थप