गन्धर्व हुँ म
शनिबार, ३० पुस २०७९, ०६ : ५८
गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म
लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले
कहिले कथा सफलताको सुनाइहिँड्छु म
कहिले व्यथा दुखियाको गाउँदै हिँड्छु म
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
जीवन बाँच्न ढाडस दिन्छ मेरो सारङ्गीले
कहिले लडाइँ रोग शोकको गीत सुनाउँछु म
कहिले प्रार्थना प्रेमको गीत गाउँदै हिँड्छु म
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
मनको दर्दमा मलम लाउँछ मेरो सारङ्गीले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण