आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

कर्णालीको सभामुखका लागि एमालेकी नन्दा गुरुङद्वारा उम्मेदवारी दर्ता

शनिबार, ३० पुस २०७९, १६ : ०३
शनिबार, ३० पुस २०७९

सुर्खेत । कर्णालीमा नेकपा एमालेबाट सुर्खेतकी नन्दा गुरुङले सभामुखका लागि  उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो । नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ।

उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ।  यता, नेपाली कांग्रेसबाट पनि सुर्खेतकै खड्ग पोखरेलले  सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप