३१ दिनमा सकियो ‘प्रसाद २’

काठमाडौँ । फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । नियमित ३१ दिनको छायाङ्कनपछि फिल्म सहिएको हो । निर्देशन सुदर्शन थापाले फिल्मको छायाङ्कन सकिएको जानकारी दिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भएको फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् ।
विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।
राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत रहेको फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । फिल्मकोछायाङ्कनसकिएको दिन निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । फिल्म वि.सं २०८० सालको बैशाख १ गते रिलिज निर्देशक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की