भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो ।
भारतको जितका हिरो बने विराट कोहली, शुभमन गिल र मोहम्मद सिराज । विराटले नटआउट रहेर १६६ रनको इनिङ खेल्दै आफ्नो ४६ औं ओडीआई शतक बनाए। योसँगै शुभमन गिलले ११६ रन बनाए । भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रनको विशाल स्कोर बनाएको थियो ।
जवाफमा श्रीलंकाले २२ ओभरमा ९ विकेट गुमाएर ७३ रनमा सिमित भयो । मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए । श्रीलंकाका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
एकदिवसीय क्रिकेटमा भारतीय टोलीको सबैभन्दा ठूलो हार सन् २००० मा श्रीलंकासँग भएको थियो। त्यसपछि श्रीलंकाले टीम इण्डियालाई २४५ रनले हराएको थियो। अब भारतले श्रीलंकालाई सबैभन्दा ठूलो हारको स्वाद चखाएको छ । सन् २००० मा शारजाहमा भएको खेलमा सनथ जयसूर्या (१८९ रन)को शतकको मद्दतमा श्रीलंकाले २९९ रन बनाएको थियो । जवाफमा भारतीय इनिङ्स ५४ रनमा समेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण