विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, २२ : ४३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६८ जनाको शव फेला परेको भए पनि ४ जनाको अझैँ बेपत्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
-
पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित
-
कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण