मन्त्री कुशवाहाद्वारा सहिद परिवारसँग भेटघाट
सोमबार, ०२ माघ २०७९, १७ : २६

सिरहा । मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन् । मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका छन् ।
यसैगरी, शहीद प्रमोद सादा र विजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् ।
सोही क्रममा मन्त्री कुशवाहाले लाहानस्थित शहीद पार्कमा पनि माल्यार्पण गरेका छन् । शहिद परिवारहरुसँगको भेटमा मन्त्री कुशवाहाले मधेश सरकारले शहिद परिवारको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी