मुग्लिङ-पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
मङ्गलबार, ०३ माघ २०७९, १० : २२
चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडक खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ-पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक,परामर्शदाता र कन्ट्याक्टरसँग छलफल गरेका थिए । सो क्रममा उनले छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन्।
मन्त्री श्रेष्ठले आज भरतपुरका सडकहरूको अनुगमन गर्ने कार्यक्रम छ। साथै दिउँसोबाट नारायणघाट-बुटवल सडक खण्डको निरीक्षण गर्ने कार्यक्रम छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण