६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसङ्ख्या
मङ्गलबार, ०३ माघ २०७९, १२ : ३४
चीनको जनसङ्ख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।
सन् २०२२ मा चीनको जनसङ्ख्या १.४११८ अर्ब थियो । सन् २०२१ को तुलनामा यसमा ८ लाख ५० हजारको गिरावट आएको छ । चीनमा वर्षौँदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।
जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।
गत वर्ष चीनमा जन्मिनेभन्दा बढीको मृत्यु भएको थियो । गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्यो, जुन प्रति एक हजार जनसङ्ख्यामा ७.३७ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण