मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा २४ सवारीसाधनका चालकमाथि कारबाही

मङ्गलबार, ०३ माघ २०७९, १९ : ४८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । राजधानीको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने २४ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ  । 

कारबाहीको क्रममा लाइट नबल्ने, टायर घिस्रिएका टाटासुमो, पानी ट्यारङकर र पिकअप गाडिहरु चलाउँदै गरेका चालकहरुलाई कारबाही गरिएको हो ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍२४ वटा, कागजपत्र साथमा नभएका ६ वटा र सवारी चालक अनुमति पत्र नभएका २ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।  

साथै सवारी साधनमा अनावश्यक रूपमा प्रयोग गरिएका १० वटा सवारी साधनका लाइटहरू समेत हटाइएको छ । 

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले  कीर्तिपुर क्षेत्रमा १ सय ५५ ओटा सवारी साधन चेकजाँच गरेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप