मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आगोले जलेर दुई जनाको मृत्यु

बुधबार, ०४ माघ २०७९, १२ : ०९
बुधबार, ०४ माघ २०७९

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ । 

आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर जल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  । 

यसैगरी बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको  कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो ।    
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप