हेलिकप्टर दुर्घटनापछि डाभोस फोरमलाई सम्बोधन गर्दै के भने जेलेन्स्कीले ?
बिहीबार, ०५ माघ २०७९, ०९ : ४८
किभ । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनामा १६ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको बताएका छन् ।
युक्रेनले रुसी संलग्नता दाबी गरेको छैन तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धको परिणाम भएको बताए। युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा दुई बालबालिका पनि थिए ।
घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको थियो । यसैबीच, जेलेन्स्कीले सहयोगीहरूलाई नयाँ रूसी आक्रमण अघि थप हतियारहरू पठाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण