सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरूसँग छलफल गरेपछि उम्मेदवारको टुङ्गो लाग्ने बताएका हुन् ।
उनले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए । उनले भने, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरूमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । छलफल पछि मात्रै को हुन्छ भन्न सकिन्छ । गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फूर्त छ । काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन । सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो । भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ । किनभने गठबन्धनमा अहिले बहुमत छ । निर्वाचित बहुमतले गर्ने हो । सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’
सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा