नेकपाको केन्द्रीय समिति बैठक : महासचिव विप्लवको दस्तावेज पारित
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको हो । बैठकमा महासचिव विप्लवले राखेको दस्तावेज (प्रस्ताव) पास भएको छ ।
बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएको सो पार्टीका एक केन्द्रीय सदस्य जानकारी दिए । महासचिव विप्लवले बैठकमा ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौं ,एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’ भन्ने शीर्षकको ११ पृष्ठ लामो दस्तावेजमा प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी केन्द्रीय सदस्य हरुले उक्त प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । शनिबार महासचिव विप्लवले केन्द्रीय सदस्यहरुका जिज्ञासा, सुझाव र योजनाका विषयमा प्रशिक्षण दिएका थिए । बैठक आइतबार बिहान ८:३० बजेकासम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण