एटलान्टासँग युभेन्ट्स बराबरीमा रोकियो
सोमबार, ०९ माघ २०७९, ०७ : १८
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि एन्जल डी मारिया, आर्काडिउस लिलिक र डानिलोले एक–एक गोल गरे ।
यता एटलान्टाका लागि डेमोला लुकम्यानले दुई गोल गरे । त्यस्तै जोकिम मेलेले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एटलान्टाले बनाएको थियो । बराबरीसँगै एटलान्डाले १९ खेलबाट ३५ अंक जोडेको छ । एटलान्टा तालिकाको पाँचौं स्थानमा छ । यता युभेन्ट्स २३ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण