शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सोमबार, ०९ माघ २०७९, १४ : ५५
सोमबार, ०९ माघ २०७९

त्रिपोली । लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन् ।

उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुँदै गएकाले केही वर्षयतादेखि जारी संकटको समाधानका लागि आग्रह गरेका हुन् ।

लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन् ।

आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उनले लामो समयदेखि जारी रहेको लिबियाको संकट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गरे ।

सो बैठकपछि उनले ट्वीटमा लेखेका छन्, विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु ।

उनले लिबियाका सबै राजनीतिक दलहरुका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरुले पनि लिबियाको विकासका लागि ऐक्यवद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।

लिबिया राजनीतिक अस्थिरता तथा आपसी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक संकटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप