उपप्रधानमन्त्री श्रेष्ठलाई भारतीय अधिकारीले भेटे
काठमाडौँ। भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धि सचिव श्री प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
भारतीय सहयोगमा संचालित विभिन्न बिकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको बिकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको बिकास र समृद्धिका लागि संधै सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे। भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा संचालित केही सडक योजनाको प्रगतिका बिषयमा समेत कुराकानी भएको थियो।
हाल निर्माण क्रममा रहेका बालाजु–त्रिशुली सडक र भालुबाङ–बाग्दुला–भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण