२ जनालाई तीन वर्षसम्म पाठ्यसामग्री लेख्न प्रतिबन्ध
काठमाडौँ । पाठ्यपुस्तक हुबहु कपि गर्ने २ जनालाई पाठ्यक्रम विकास केन्द्रले प्रतिबन्ध लगाएको छ । केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणि बगालेलाई तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।
उनीहरूले लेखेको कक्षा ५, ६ र ७ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको छ । उक्त पाठ्यपुस्तकमा कतिपय विषयवस्तु, चित्र, उदाहरण अभ्यास र क्रियाकलाप हुबहु सारेको पाइएपछि केन्द्रले शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रका लागि प्रतिबन्ध लगाएको हो । तीन वर्षसम्म उनीहरूले सरकारी तथा निजी प्रकाशनबाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत पाठ्यसामग्री प्रकाशन गर्न पाउने छैनन् ।
कारबाहीमा परेका व्यक्तिबाट लेखन तथा सम्पादन लगायत प्रकाशन सम्बन्धी कार्य गरेको पाइएमा सम्बन्धित प्रकाशकलाई समेत कारबाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।
दुवै जनाले ब्रिलियन्ट बुक्स एण्ड डिस्ट्रिव्युटर्स प्रालिबाट शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक तयार पारेका थिए । उक्त पाठ्यपुस्तक र केन्द्रबाट प्रकाशन भएको पाठ्यपुस्तकसँग कतिपय विषयवस्तु चित्र उदाहरण अभ्यास र क्रियाकलाप हुबहु सारेको भन्दै प्रकाशकले कारबाहीको माग गरेको थियो ।
केन्द्रले विकास गरेको पाठ्यसामग्रीको प्रतिलिपि प्रयोग गरी केन्द्रलाई गुमराहमा पार्ने र प्रालिले आर्जन गरेको मान प्रतिष्ठालाई आँच पुर्याउने कार्य गरेको केन्द्रको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण