शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

२५ वर्षअघिको एमाले विभाजनमा आफ्नो भूमिका नरहेको पौडेलको दाबी

मङ्गलबार, १० माघ २०७९, १४ : २५
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले २०५४ सालमा भएको एमाले विभाजनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा उनले सोबारे प्रष्टीकरण दिएका हुन् । 

महाकाली सन्धिको पक्ष र विपक्षमा रहेका एमालेकै कारण पार्टी फुटे पनि त्यसको दोष आफूलाई लगाइएको नेता पौडेलले गुनासो गरे । यसअघिको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले तत्कालीन सभामुखको कारणले एमाले फुटेको बताएका थिए । श्रेष्ठले संसद्‍मा उठाएका सो कुराको जवाफ दिँदै पौडेलले भने–‘सभामुख एमाले विभाजन गर्‍यो भनेर यहीँ अस्ति मेलै सुनेँ । एमाले विभाजन किन भयो ? सबैलाई थाहा छ । महाकाली सन्धिले विभाजन ग¥यो । महाकाली सन्धि पास भयो भने पश्चिमबाट सूर्य उदाउँछ भन्ने एउटा पक्ष । महाकाली सन्धि पास भयो भने राष्ट्रघात हुन्छ भन्ने अर्को पर्छ । यही कारणले एमाले विभाजन भयो । म कहाँ दुइटा विभाजन भए र मकहाँ दर्ता गर्न आए । दर्ता गर्न आएपछि त्यो बेला मैले राप्रपालाई पनि अहिले लोकतन्त्र कलिलो छ । लोकतन्त्र कलिलो भएको भएको बेला पार्टी नफुटाउनुस् भनेर सुझाव दिएको थिएँ । मैले एमालेका सदस्यहरूलाई पनि त्यही कुरा भनेँ । अलि सोच्नुस्, तत्काल म तपाईंहरुको यो पत्र दर्ता गर्दिन भनेँ ।’

उनले मेरो सुदूरपश्चिममा कार्यक्रम छ । तपाईंहरुको त्यस बेलासम्म सोच्नुस् भनेर सुदूरपश्चिम गएको बताउँदै उनले कर्णालीको पुलमा पुगेपछि उच्च अधिकारीले काठमाडौँ फर्कन बोलाएको स्मरण गरे । कसैले पार्टी फोर्नु छ भने काठमाडौँ आउँदिन भनेर धनगढी गएको तर त्यहीँ लिन हेलिकोप्टर आएपछि बाध्य भएर आफू काठमाडौँ आएको तर एमाले फोर्न हेलिकोप्टर चढेर आयो भनेर आरोप लगाएको बताए । 

काठमाडौँ आएपछि एकजना सदस्यको नाम छुटेछ भनेर आफूलाई भन्न आएको तर आफूले तपाईंहरुले जति सदस्य बुझाउनुभएको छ त्यसभन्दा बढी आफूले थप्न नसक्ने बताएको पौडेलले स्मरण गरे । तपाईंहरु पार्टी नफुटाउनु भन्दा अहिलेसम्म आफूलाई आरोप लगाएको भन्दै सभामुखले यस्ता कुराहरूको पनि सामना गरेर जानुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप