शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थालमा तरकारीहरू मिसिँदा किन तपाईँलाई रिस उठ्छ ? विज्ञानले खोज्यो यो रोगको कारण

मङ्गलबार, १० माघ २०७९, १४ : २२
मङ्गलबार, १० माघ २०७९

कति मानिसलाई खाना खाने बेलामा छुट्टा छुट्टै प्लेटमा दाल, तरकारी, अचार चाहिन्छ । एउटा खानेकुरालाई अर्कोले छोइनु पनि हुँदैन । हरेक खानालाई छुट्टा छुट्टै चाहिने बानी धेरैमा हुन्छ । भुटेका तरकारी पनि अलग प्लेटमा हुनुपर्छ, यहाँसम्म कि भात पस्किएको पन्युँले दाल हाल्नु हुँदैन ।

ग्रिक र ल्याटिन शब्द मिलेर बन्यो ब्रुमोटेक्टिलोफोबिया

सरल भाषामा भन्ने हो भने यसलाई फुड सेपरेटिजम भनिन्छ । यसको वैज्ञानिक नाम हो ब्रुमोटेक्टिलोफोबिया हो । फियर अफ टचिङ फुड । ब्रुमोटेक्टिलोफोबिया शब्द दुई शब्द मिलेर बनेको हो । ब्रुनो ग्रिक भाषाबाट आएको शब्द हो जसलाई ब्रोमेटो पनि भनिन्छ । यो खानाका लागि प्रयोग हुन्छ । यस्तै, टेक्टिलो ल्याटिनको टेक्टिबाट लिइएको हो जसको अर्थ हो स्पर्श ।

विज्ञानका अनुसार यो एक खालको अब्सेसिव कम्पलसिभ डिसअर्डर (ओसीडी) हो जो कोहीमा कम त कोहीमा अत्यधिक हुन्छ । यस्ता मानिसहरू साधरणतया सार्वजनिक स्थानमा खाना खानबाट बच्छन् वा यदि खानै परे बिरामी हुने गर्छन् ।

के भन्छ अनुसन्धान ?

सन् २०१६ मा पेन्सिल्भेनिया युनिभर्सिटीका मनोविज्ञान विभागले यसमा पहिलो पटक अनुसन्धान गरे । ब्रुमोटेक्टिलोफोबियाका सिकार अमेरिकीको सङ्ख्या लगातार बढिरहेको छ भनेर यसले देखाउँछ । उनीहरू आफ्नो धेरै समय खानालाई छुट्टा छुट्टै पस्कनमा लगाउँछन् । अनुसन्धानमा अन्य फुड प्यार्टन पनि देखिए जस्तै प्लेटको सबैभन्दा स्वादिष्ट चिजलाई अन्तिमसम्म जोगाएर राख्नेको सङ्ख्या सबैभन्दा धेरै थियो । यस्तै, ७ प्रतिशत मानिस फुड सेपरेटिस्ट थिए । उनीहरू सबै खानालाई एउटा थालमा पस्केको देखेर नै रिसाउने गर्छन् ।

ब्रुमोटेक्टिलोफोबियाको सटिक कारण पत्ता लाग्न सकेको छैन तर मनोवैज्ञानिकका अनुसार यो बाल्यकालमा खानपिनको बानीको नतिजा हो । यदि अभिभावकले बच्चालाई राम्रो थालमा खानालाई सजाएर दिन्छन् भने उनीहरूलाई यसकै बानी पर्नेछ जुन समयसँगै बढ्ने गर्छ । यस्तै, यसलाई ओसिडी पनि भनिन्छ । यस्तो बानी कलाको क्षेत्रमा काम गर्ने वा परफेक्सनिष्ट भनिने मानिसहरूमा पनि देखिन्छ ।

के हो ओसिडी ?

यो एक खालको मानसिक रोग हो जसमा बिरामीलाई बारम्बार कुनै चिजको विषयमा एउटै खालको विचार आउँछ । साधरणतया यो सर–सफाइ वा खानपिनको बानीसँग जोडिएको हुन्छ । जस्तै, उनीहरू एउटा चिजलाई बारम्बार सफा गर्छन् किनभने उनीहरू कुनै खालको कीटाणु नआओस् भनेर सुनिश्चित गर्न चाहन्छन् । उनीहरू एउटै कुरा बारम्बार सोच्छन् वा दोहोराउँछन् । बारम्बार हात धुनु वा बारम्बार ग्यासको बटन राम्रोसँग बन्द भएको छ कि छैन भनेर बारम्बार हेर्नु पनि यही श्रेणीमा आउँछ ।

कस्ता समस्या हुन्छन् ?

यसमा बिरामीमा एक प्रकारको अब्सेसन हुन्छ । फुड सेपरेटिस्ट पनि ओसीडीको दायरामा आउँछन् । अन्य रोगमा जस्तै यसमा पनि रोगको हल्कादेखि गम्भीर अवस्था हुन्छ । रोगको एडभान्स स्टेजमा उनीहरुले आफ्ना वरिपरिका मानिसहरूसँग तालमेल मिलाउन सक्दैनन् । उनीहरू लचिलो हुँदैनन् र कति पटक त कुरा सम्बन्ध टुट्ने वा घरेलु हिंसासम्म पुग्ने गर्छ । कारण पनि यस्तो कि थालमा खानाहरूले एक–अर्कालाई छोइरहेका छन् । सार्वजनिक जीवनसँग यस्तो मानिसहरू छिट्टै तालमेल बसाल्न सक्दैनन् ।

अटिस्टिक मानिसहरुलाई पनि समस्या

अटिजमद्वारा ग्रस्त मानिसमा पनि फुड सेपरेटिजम देखिन्छ । यसमा काम गर्ने अमेरिकी संस्था अटिजम स्पिक्सका अनुसार एउटा थालमा एकै पटक धेरै थरीका खानेकुरा पस्किँदा सेन्सरी अर्गनले राम्रोसँग काम गर्न सक्दैन । कसरी खाने वा कुन स्वादलाई पहिला ट्राइ गर्ने भन्ने उनीहरुले बुझ्दैनन् । यस्तोमा उनीहरू खाना खानभन्दा छुट्टाउनका लागि धेरै समय खर्चिन्छन् । कति पटक यस्तो पनि देखियो कि यस्तो मौकामा अटिस्टिक मानिस आक्रामक व्यवहार गर्न थाल्छन् किनभने उनीहरूको ज्ञानेन्द्रियले तालमेल मिलाउन सक्दैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप