जिब्रो, मुटु सुनको, २३ सय वर्ष पुरानो ममी भेटियो; मानिस चकित
इजिप्ट एउटा यस्तो देश हो जसले अतितका थुप्रै गहिरो राज आफूभित्र समेटेको छ । जुन समय समयमा पुराना कफिन खोल्दा पत्ता लाग्ने गर्छन् । यस पटक २३ सय वर्ष पुरानो एक किशोरको कफिन खोलिएको छ । यसभित्र यस्ता चिज भेटिएका छन् जसले धेरैलाई अचम्मित बनाइरहेको छ । उक्त कफिनभित्र २१ थरीका डिजाइन भएका ४९ वटा तावीजसमेत भेटिएका छन् । यसका साथै, यसमा जीवन पर्यन्त मार्गदर्शनका लागि एउटा सुनको मास्क, मुखभित्र सुनको जिब्रो र छातीमा सुनको मुटुसमेत भेटिएका छन् ।
अनुसन्धानकर्ताका अनुसार तावीजहरु ती मृतक बालकको ममीमाथि र शरीरभित्र भेटिएको छ । बुटी कहाँ–कहाँ छन्, यसबारे पत्ता लगाउनका लागि कम्प्युटर टेमोग्राफी स्क्यानको प्रयोग गरिएको छ । इजिप्टको काहिरामा संग्रहालयका लागि विभिन्न ममी पुर्याउनु अघि १० औँ र २० औँ शताब्दिमा पनि थुप्रै कफिन खनेर निकालिएको थियो । यद्यपि, वैज्ञानिकले प्राचीन मानिसबारे थप जानकारी जुटाउनका लागि अनुसन्धान जारी राखेका छन् ।
के पत्ता लगाउन चाहन्छन् वैज्ञानिक ?
सीएनएनको रिपोर्ट अनुसार उनीहरुको उद्देश्य प्राचीन समयमा मानिसहरुको स्वास्थ्य कस्तो थियो, उनीहरुको अन्तिम संस्कार कसरी हुने गर्दथे र उनीहरुले कुन मान्यताको पालना गर्दथे भनेर पत्ता लगाउनु हो । यसका लागि कफिनलाई जमिनबाट निकालिन्छ, त्यसपछि शरीरमा बेह्रिएका पट्टी खोलिन्छ । आजकाल अधिक जानकारीका लागि स्क्यानको समेत प्रयोग भइरहेको छ । यी ‘गोल्डेन बोय’ नाम दिइएको अवशेषलाई दुईवटा कफिनभित्र राखिएको थियो । बाहिरी कफिन सामान्य थियो र त्यसमा ग्रीक अक्षर कुँदिएका थिए जबकी भित्रको काठको ढाँचामा थियो र त्यसमा सुनको मास्क फेला परेको थियो ।
الأشعة المقطعية تكشف أسرار مومياء الصبي الذهبي ببدروم المتحف المصري بالتحرير! pic.twitter.com/Rw0c6ipwm1
— Ministry of Tourism and Antiquities (@TourismandAntiq) January 24, 2023
मृत्यु हुँदा ती बालकको उमेर १४ देखि १५ वर्ष भएको अनुमान गरिएको छ । यसका साथै, ढुङ्गामा टाँस्सिएको सुनको मुखौटा र छातीमा लगाइने कवच पनि भेटिएको छ । उनको शरीरमा नक्कली मुटु र मस्तिष्कबाहेक अन्य अंग भेटिएनन् । अन्य अंग निकालिएको थियो । प्राचीन इजिप्टमा यस्तो मान्यता थियो कि मृत्यु पछि पनि एउटा जीवन हुन्छ । तर त्यहाँसम्म पुग्नका लागि यात्रा निकै खतरनाक हुने मान्यता राखिन्थ्यो । मृत्युपछिको यात्राका लागि ती मृत बालकलाई लगभग सबै खालका सामान दिइएको थियो । यो शो जर्नल फ्रन्टियर्स इन मेडिसिनमा प्रकाशित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण