शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिब्रो, मुटु सुनको, २३ सय वर्ष पुरानो ममी भेटियो; मानिस चकित

बुधबार, ११ माघ २०७९, १३ : ०३
बुधबार, ११ माघ २०७९

इजिप्ट एउटा यस्तो देश हो जसले अतितका थुप्रै गहिरो राज आफूभित्र समेटेको छ । जुन समय समयमा पुराना कफिन खोल्दा पत्ता लाग्ने गर्छन् । यस पटक २३ सय वर्ष पुरानो एक किशोरको कफिन खोलिएको छ । यसभित्र यस्ता चिज भेटिएका छन् जसले धेरैलाई अचम्मित बनाइरहेको छ । उक्त कफिनभित्र २१ थरीका डिजाइन भएका ४९ वटा तावीजसमेत भेटिएका छन् । यसका साथै, यसमा जीवन पर्यन्त मार्गदर्शनका लागि एउटा सुनको मास्क, मुखभित्र सुनको जिब्रो र छातीमा सुनको मुटुसमेत भेटिएका छन् ।

अनुसन्धानकर्ताका अनुसार तावीजहरु ती मृतक बालकको ममीमाथि र शरीरभित्र भेटिएको छ । बुटी कहाँ–कहाँ छन्, यसबारे पत्ता लगाउनका लागि कम्प्युटर टेमोग्राफी स्क्यानको प्रयोग गरिएको छ । इजिप्टको काहिरामा संग्रहालयका लागि विभिन्न ममी पुर्याउनु अघि १० औँ र २० औँ शताब्दिमा पनि थुप्रै कफिन खनेर निकालिएको थियो । यद्यपि, वैज्ञानिकले प्राचीन मानिसबारे थप जानकारी जुटाउनका लागि अनुसन्धान जारी राखेका छन् ।

के पत्ता लगाउन चाहन्छन् वैज्ञानिक ?

सीएनएनको रिपोर्ट अनुसार उनीहरुको उद्देश्य प्राचीन समयमा मानिसहरुको स्वास्थ्य कस्तो थियो, उनीहरुको अन्तिम संस्कार कसरी हुने गर्दथे र उनीहरुले कुन मान्यताको पालना गर्दथे भनेर पत्ता लगाउनु हो । यसका लागि कफिनलाई जमिनबाट निकालिन्छ, त्यसपछि शरीरमा बेह्रिएका पट्टी खोलिन्छ । आजकाल अधिक जानकारीका लागि स्क्यानको समेत प्रयोग भइरहेको छ । यी ‘गोल्डेन बोय’ नाम दिइएको अवशेषलाई दुईवटा कफिनभित्र राखिएको थियो । बाहिरी कफिन सामान्य थियो र त्यसमा ग्रीक अक्षर कुँदिएका थिए जबकी भित्रको काठको ढाँचामा थियो र त्यसमा सुनको मास्क फेला परेको थियो ।

मृत्यु हुँदा ती बालकको उमेर १४ देखि १५ वर्ष भएको अनुमान गरिएको छ । यसका साथै, ढुङ्गामा टाँस्सिएको सुनको मुखौटा र छातीमा लगाइने कवच पनि भेटिएको छ । उनको शरीरमा नक्कली मुटु र मस्तिष्कबाहेक अन्य अंग भेटिएनन् । अन्य अंग निकालिएको थियो । प्राचीन इजिप्टमा यस्तो मान्यता थियो कि मृत्यु पछि पनि एउटा जीवन हुन्छ । तर त्यहाँसम्म पुग्नका लागि यात्रा निकै खतरनाक हुने मान्यता राखिन्थ्यो । मृत्युपछिको यात्राका लागि ती मृत बालकलाई लगभग सबै खालका सामान दिइएको थियो । यो शो जर्नल फ्रन्टियर्स इन मेडिसिनमा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप