‘कामिनो’ मा प्रदीपको यस्तो लुक्स

काठमाडौँ । प्रेमी गीत अभिनेता प्रदीप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । ‘प्रेम गीत–३’पछि उनले कुनै फिल्म साइन नगरेका प्रदीपले स्क्रिप्ट र टिम मन परेकाले फिल्म गर्न राजी भएको बताए । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच केही दिन अगाडि फिल्म निर्माण घोषणा भएको थियो ।
नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताए । चैत्र तेश्रो साताबाट छायाङ्कन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्नेछन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।
दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ