व्यवसायिक वातावरण सुधार गर्न बुटवलका व्यवसायीको माग

रुपन्देही । इलामका उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनापछि बुटवल उद्योग वाणिज्य संघले देशमा व्यवसायिक वातावरण सुधार गर्न सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष उज्ज्वल कसजू र महासचिव विमलराज भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब व्यवसायिक वातावरण सुधार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रेमप्रसादको जस्तो घटना रुपन्देही, विराटनगर,पर्सा, बाँके लगायतका जिल्लामा समेत भएकाले देशभरका उद्योगी व्यवसायीको मनोबल गिरेको उल्लेख गर्दै संघले वर्तमान अर्थ नीति, व्यवसायिक नीति, ऐन, कानून र बैंक ब्याज दर व्यवहारिक र व्यवसायीमैत्री बनाउन सरकारसँग माग गरेको हो ।
देशको कूल ग्राहस्थ उत्पादनमा निजी क्षेत्रको योगदान ७० प्रतिशत रहेको उल्लेख गर्दै संघले सरकारको निजी क्षेत्रप्रतिको रवैयामा सुधार नभएमा व्यवसायीहरू पलायन हुने अवस्था आउने चेतावनी दिएको छ ।
निजी क्षेत्रलाई संरक्षण र प्रवर्द्धनको साटो राजस्व संकलनको माध्यम मात्रै बनाइएको र अहिलेको जटिल अवस्थाले राज्यको कर प्रणाली, शासन प्रणाली,वैदेशिक व्यापार नीति, बैंकिङ नीतिले देशमा विकराल परिस्थिति आउन सक्ने भन्दै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्