श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
सारांश
- डा. नीतु यादवले श्रीमानको मृत्युपछि सम्पत्तिमा हक दाबी गर्दा ससुरा र देवरको अवरोधको सामना गरिरहेकी छिन्।
- अदालतले उनको पक्षमा फैसला गरे पनि, स्थानीय कर्मचारी र परिवारको दबाबका कारण उनले जग्गा भोग चलन गर्न पाएकी छैनन्।
- डा. यादवले न्यायका लागि पत्रकार सम्मेलन गर्दै महिला अधिकारकर्मी र सञ्चारमाध्यमबाट सहयोगको अपेक्षा गरेकी छिन्।
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.नीतु यादवले अदालतबाट प्राप्त अधिकार पनि आफूले उपभोग गर्न नपाएको बताएकी छिन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले आफ्नै ससुरा र देवरको अवरोधका कारण अदालतको निर्णयअनुसार जग्गा भोग चलन गर्न नपाएको गुनासो गरेकी हुन् ।
आफ्ना श्रीमान् डा.सुशील यादवको २०८१ साल जेठ ३१ गते मृत्युपछि डा.नीतुले आफ्नो हकको माग गर्दै २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले २०८० फागुन १७ गते डा.निता यादवको पक्षमा फैसला गर्दै श्रीमानको नाममा रहेको सम्पत्तिमा आधा भागको हक दिने आदेश गरेको थियो । त्यसपछि उच्च अदालत विराटनगरले २०८१ साल चैत १६ गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।
तर, अदालतबाट अनुकूल फैसला आए पनि व्यवहारमा डा. यादवले आफ्नो हकको जग्गा भोग चलन गर्न नपाएको बताइन् । ‘फैसला लागू भए पनि बुढीगंगा गाउँपालिकाका कर्मचारीले ससुरा र देवरको दबाबमा परेर मलाई जग्गामा कुनै काम गर्न दिइरहेका छैनन् । न पानीको धारा जडान गर्न दिइएको छ, न बिजुली । खेतीपाती गर्न त परै जाओस्, मजदुरका लागि टहरा बनाउनेसम्म अनुमति छैन ।’
पत्रकार सम्मेलनमा डा.नीताले गुनासो पोख्दै भनिन्– ‘जग्गा भोग चलनका लागि जिल्ला प्रशासन कार्यालय धाए । कार्यालयबाट पनि शान्ति सुरक्षा व्यवस्था कायम गरिदिएको छ । तर, ससुरा र देवरले जग्गासम्म जान दिएको छैन । अदालतको आदेश कार्यान्वयन हुन दिएको छैन । म माथि अन्याय भएको छ । न्यायको लागि आज पत्रकार सम्मेलन गर्न बाध्य भएको छु । ’
न्यायिक प्रक्रियापछि पनि न्याय पाउनबाट आफू वञ्चित भएको उनले बताइन् । ‘न्यायालयले दिएको हकसमेत प्रयोग गर्न नपाउनु महिला विरुद्धको गहिरो अन्याय हो,’ उनले भनिन् ।
डा.निता यादवको विवाह २०६८ सालमा डा.सुशील यादवसँग भएको थियो । विवाहको केही समयमै श्रीमान् सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको खुलेको थियो । ‘श्रीमानको दीर्घकालीन मानसिक समस्या लुकाएर विवाह गरिएको रहेछ, विवाहपछि मात्र मलाई र माइती पक्षलाई यो थाहा भयो,’ डा. यादवले बताइन् ।
उनका अनुसार श्रीमानका बुबा डा.शीतल यादव विराटनगरका चर्चित चिकित्सक हुन् । डा.शीतलले २०५८ सालमै आफ्नो छोरालाई करिब ४ बिगाहा जग्गा कानुनी रूपमा बाँडफाँट गरिदिएका थिए । उक्त जग्गा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. १ र ३ मा विभिन्न कित्तामा अवस्थित छ ।
डा.यादवले स्थानीय प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चारमाध्यमहरूसँग आफूले न्याय पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छिन् । उनका अनुसार, ससुरा डा.शीतल यादव र देवर सुनिल यादव मिलेर उनको कानुनी अधिकारलाई निष्प्रभावी पार्न लगातार षड्यन्त्र गरिरहेका छन् ।
यो मामिला न्यायपालिकाले दिएको निर्णय कार्यान्वयनमा देखिएको चुनौती भएको उनले बताइन् । ‘यसरी शिक्षित महिलाहरूले समेत कानुनी अधिकार प्राप्त गरिसकेपछि पनि त्यसको उपभोग गर्न नसक्दा महिला अधिकारको क्षेत्रमा थप चुनौतीहरू रहेको देखिन्छ,’ उनले भनिन्– ‘स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता मामिलामा तत्काल हस्तक्षेप गरी न्यायिक निर्णयको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा सबैलाई साथ सहयोगको लागि आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण