लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ०१ जेठ २०८२, ०७ : ३९
सारांश
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ।
- बैठकमा एक विधेयक पेश हुने, प्रदेश सभा सदस्यहरूको अनुपस्थितिको जानकारी गराइनेछ।
- प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्नेछन्।
- आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले कर राजश्व सङ्कलन सम्बन्धी विधेयक पेश गर्नेछन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको छ ।
एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश छ ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण