शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, ०१ जेठ २०८२, ०७ : ३९
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ।
  • बैठकमा एक विधेयक पेश हुने, प्रदेश सभा सदस्यहरूको अनुपस्थितिको जानकारी गराइनेछ।
  • प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्नेछन्।
  • आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले कर राजश्व सङ्कलन सम्बन्धी विधेयक पेश गर्नेछन्।

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको  सम्भावित कार्यसूची तय गरिएको छ । 

एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश  छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप