आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

बुधबार, ३१ वैशाख २०८२, ०९ : ०१
बुधबार, ३१ वैशाख २०८२

बुटवल  । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । 

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । 

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप