बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना

बुधबार, ३१ वैशाख २०८२, १५ : ३४
बुधबार, ३१ वैशाख २०८२

रौतहट। बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ। 

रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढ तर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोक देखि २०० मिटर उत्तरतर्फको बाटोमा दुर्घटना भएको हो।

आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। गाडी चालक बारा सिम्रौनगढ -१ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप