हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
मकवानपुर । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौँडामा पहिलोपटक ‘प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ ।
आइतबार हेटौँडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरूको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए ।
उनले प्रदेशबाट प्रतिभावान् खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे ।अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ ।
मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार उत्कृष्ट महिला/पुरुष खेलाडी, प्रशिक्षक, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ विधाका विजेतालाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिनेछ भने अन्य विधामा जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
खेल क्षेत्रको योगदान, सफलता, सामाजिक प्रभाव तथा नयाँ पुस्तालाई प्रेरणा दिन सक्ने आधारमा अवार्डको छनोट गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सङ्घका अध्यक्ष पत्रकार दीपक श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक उप–समितिले पुरस्कार एवं सम्मानित हुने खेलाडी तथा पत्रकारको नाम सिफारिस गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा उपस्थित हुने खेलकुद मन्त्री महर्जनले जानकारी दिए । युथ समिट भने केही सातापछि आयोजना गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण