मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध

समाचार सारांश
- मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै मेनपावर व्यवसायीहरू विरोधमा उत्रिएका छन्।
- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटको विरोध गर्दै हस्ताक्षर अभियान चलाएको छ ।
काठमाडौँ । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन अपिल गरेको हो ।
केही सिमित मेनपावर व्यवसायीहरूले मलेसियामा रोजगारीका लागि कामदार पठाउन सिण्डिकेट लगाउन खोजेको भन्दै संघले हस्ताक्षर अभियान नै चलाएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियामा जबर्जस्ती सिण्डिकेट लाद्न खोजिएको भन्दै आपत्ति जनाए ।
सीमित मेनपावर कम्पनीहरूलाई मात्र मलेसियामा कामदार पठाउने अनुमति दिने प्रयास भइरहेको बताउँदै यस्तो सिण्डिकेट प्रणालीले श्रम बजारमा असमान प्रतिस्पर्धा सिर्जना गर्ने बताए । जबर्जस्ती सिण्डिकेट लाद्नेलाई रोक्न तयार रहेको रहेको बताउँदै कुनै व्यवसायीहरूसँग कुनै तथ्य भएको खण्डमा जानकारी दिन अनुरोध गरे ।
मलेसियामा स्वास्थ्य व्यवसायीको क्षेत्रमा सिण्डिकेट लगाउने समूहले नै रोजगार व्यवसाय क्षेत्रमा समेत सिण्डिकेटको प्रयास गरिरहेकमो व्यवसायीहरूको भनाइ छ । संघका पूर्वअध्यक्ष रोहन गुरुङले व्यवसायीहरूलाई सिण्डिकेटविरुद्ध एकजुट हुन आग्रह गरे ।
यस्तो प्रवृत्तिले अन्य देशमा पनि असर पार्ने खतरा रहेको बताउँदै उनले त्यसका विरुद्धमा व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बताए । हाल ३६ वटा स्वास्थ्य संस्थामार्फत मात्र मलेसिया जाने श्रमिकको परीक्षण हुदै आएको छ ।
संघले उक्त कार्यको समेत विरोध गर्दै आएको छ । विश्वभर खुला बजार रहेको बताउँदै कुनै व्यवसायीको एकाधिकार स्वीकार्य नहुने व्यवसायीहरूको भनाइ छ । संघले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मलेसियास्थित सम्बन्धित निकायहरूको समेत ध्यानाकर्षण गराएको छ ।
सिण्डिकेटका कुनै पनि स्वरूपलाई मान्यता नदिने चेतावनी दिएको छ । आम व्यवसायीमा अन्योल र चिन्ता बढाएको भन्दै संघले आन्तरिक अनुसन्धान थालेको जनाएको छ । यस्ता गैरकानुनी गतिविधिका विरुद्ध कडा कारबाही गरिने संघले जनाएको छ ।
संघले आगामी शुक्रबारसम्म सिन्डिकेटको बिपक्षमा रहेको स्वीकार गरेर संघलाई प्रतिबद्धता व्यक्त गर्न सबै व्यवसायीहरुलाई सर्कुलर समेत जारी गरेको छ । हस्ताक्षर कार्यक्रममा २०० भन्दा बढी व्यवसायीहरूले सिण्डिकेटको विरुद्ध प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
हाल बंगलादेशबाट सीमित मेनपावर व्यवसायीमार्फत मलेसियामा कामदार पठाउने गरिएको छ । त्यसको विरोधमा बंगलादेशको राजधानी ढाकामा प्रदर्शन हुँदै आएको छ ।
बंगलादेशमा सिन्डिकेट लगाउने मुख्य भूमिका बंगलादेशी नागरिक अमिनले खेल्दै आएका छन् । उनैले नेपालमा समेत सीमित व्यवसायीलाई लाभ पुग्नेगरी सिण्डिकेट लाद्ने प्रयास गरिरहेको व्यवसायीहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण